मध्यरातमा उर्लावारीका दुई ठाउँमा आगलागी, रेस्क्यु गर्न जाँदा ४ जना प्रहरी घाइते, अवस्था गम्भीर

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

दिलिप पोखरेल/ उर्लावारी
उर्लावारीमा सोमबार मध्यरातमा दुई स्थानमा छुट्टाछुटै आगलागी हुँदा उद्धार गर्न खटिएका ४ जना प्रहरी गम्भीर घाइते भएका छन् ।

उर्लावारी-७ बरगाछीस्थित दीपक कार्कीको घरको आगलागी हुँदा उद्धार गर्न खटिएका चार जना प्रहरीको अवस्था गम्भीर भएको छ । घाइतेहरुमध्ये ३ जनाको नोबेल अस्पताल र एक जनालाई झापाको बीएनसी अस्पताल रिफर गरिएको उर्लावारी प्रहरीले जनाएको छ ।

घटनास्थलमा आगो लगाउन खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य गम्भीर घाइते भएका हुन् । इप्रका उर्लावारीका इन्सपेक्टर देवेन्द्र दासका अनुसार सहायक हवल्दार घिसिङलाई बी एन्ड सी अस्पताल रिफर गरिएको छ । अन्यको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ । स्रोतका अनुसार घाइते प्रहरीको अवस्था गम्भीर छ ।

यस्तै, मंगलबारेमा राति नै स्थानीय लक्ष्मी थापाको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । अस्थायी प्रहरी चौकी मंगलबारेका इन्चार्ज टेकबहादुर भण्डारीले मंगलबारे पेजलाई दिएको जानकारी अनुसार आगालगीका कारण डेढ बिगाहा खेतबाट उत्पादित धान,मकै,तोरीलगायतका अन्नबाली गोठमा भण्डारण गरिएको थियो । आगालगी हुँदा भण्डारण गरिएका सबै अन्न नष्ट भएको उनले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

दुई स्थानमा एकै पटक आगालगी हुँदा उर्लावारी, दमक,बेलबारी,पथरीलगायतका स्थानहरूबाट दमकल बोलाइएको छ । राति ११ बजे ५४ मिनेटसम्म यो समाचार तयार बनाइसक्दा आगालगाी पूर्ण रूपमा नियन्त्रण आउन सकेको छैन । दुवै स्थानका आगो नियन्त्रणमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...