सुरेश भट्ट आश्रिन दोहा
गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरले पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प ग्रस्त क्षेत्रमा व्यक्तिगत १० लाख सहयोग गर्ने भएकाछन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ भने कयैन घरबार विहिन भएका छन्। भूकम्प ६.४ म्याग्निच्युडको गएको हो । उक्त भूकम्पबाट हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको उपचार्थ र चिसो कठ्याङ्ग्रीने अवस्था नहोस् भन्ने हेतुले तत्काल न्यानो मायाको लागि लत्ताकपडाहरू वितरण गरिने बताए।
गैरआवासीय नेपाली संघ र डाक्टर शेष बा. घले संरक्षित MIt फाउण्डेशन द्वारा अन्य राहतका प्याकेज उपलब्ध गर्ने साथै भोली सोमवार डा. शेष घले सहितको टोलीले प्रभावित क्षेत्रमा एक हजार थान बल्याङ्केट पुर्याउने भएका छन् ।
Post Views: 942