सुरेश भट्ट आश्रिन,
दोहा। कतारको नेपाली दूतावासमा पहिलो पटक रक्तदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा राजदूत डा. नरेशविक्रम ढकाल सहित जना ८० भन्दाबढी नेपालीहरूले रक्तदान गरेका हुन् l
‘रक्तदान नै जीवन दान हो, रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विश्वभर विविध गतिविधिका साथ रक्तदान कार्यक्रम हुँदैआईरहेको छ। विश्वभरिका नागरिकको रक्त समूह वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरले पत्ता लगाएका थिए।
नेपाली दूतावासको आयोजना, Qatar red crescent को सहयोग र नेपाली रक्तदाता संघ कतारको समन्वयमा नेपाली दूतावासको प्रांगणमा भएको पहिलो रक्तदान कार्यक्रममा राजदूत नरेशविक्रम ढकाल आफ्नो जीवनकालमा दोस्रो पटक रक्तदान गरेका थिए । यसअघी नेपाली दूतावासको सहयोगमा रक्तदान कार्यक्रम हुँदै आएपनी दूतावासमा यो पहिलो पटक हो ।
सामाजिक सेवाको लागि नेपाली राजदूतावास सेवाभावले ओतप्रोत रहेको, नेपाली वा विदेशी जो कोहीले रगत अभावमा ज्यान गुमाउन नपरोस् र यस्ता मानवीय कार्यले दूई देशको मैत्रीपूर्ण सम्बन्ध रहने राजदूत ढकाल बताउँछन्।
हिजो भएको रक्तदान कार्यक्रममा एनआरएनए एनसिसी कतारका अध्यक्षद्वय सुरेश भट्ट र रमेश भट्ट लगायत विभिन्न स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित झण्डै २ सय भन्दाबढीको बाक्लो उपस्थिति रहेको थियो ।
विज्ञान र प्रविधिले विभिन्न आविष्कार गरिसक्दा पनि कृत्रिम रगत बनाउन नसकिरहेको परिप्रेक्ष्यमा स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित हुनेहुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि नेपाली रक्तदाता संघ कतारले विभिन्न संघ संस्थाहरू संग समन्वय गर्दै रक्तदान कार्यक्रमलाई तीव्रता दिने रामजी खत्री बताउँछन् ।