देवचुलीमा पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

राजु चापागाई,

देवचुली। देवचुली जेसीजले पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिताको आयोजना गरेको छ। देवचुली जेसीजद्वारा कार्तिक १५ गतेदेखि २१ गतेसम्म आयाेजना गरिएको देवचुली डाँडा पर्यटन सप्ताह-२०८० अन्तर्गत टिकटक प्रतियोगिता आयोजना गरिएको हो।नवलपुरका धार्मिक,पर्यटकीय तथा ऐतिहासिक रुपमा महत्वपुर्ण मानिने ठाउँहरुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिताको आयोजना गरिएको हो।शनिबारबाट सुरु भएको प्रतियोगिता कार्तिक २० गतेसम्म संचालन हुनेछ।

प्रतियोगितामा भाग लिने प्रतिष्पर्धीले देवचुली जेसिजको आधिकारिक टिकटक (JCI Devchuli ) फ्लो गर्नुपर्ने,आधिकारिक गीतमा टिकटक बनाउनुपर्ने देवचुली जेसीजका महासचिव ढुण्डीराज केसीले जानकारी दिए।

केसीका अनुसार नियम पूरा गरि पोष्ट भएको टिकटक भिडियोमा प्रथम हुने प्रतिष्पर्धीले तीन हजार रुपैयाँ नगद, द्वितीय हुनेले दुई हजार रुपैयाँ नगद र तृतीय हुनेले एक हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ । कार्तिक २० गते राती १२ बजेसम्म प्राप्त हुने भ्युज,सेयर र लाइकको आधारमा विजेता घोषणा हुनेछ ।

पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आधार शिविर किर्तिपुरमा जेसीज सप्ताह हुँदैछ। देवचुली नगरपालिकाको कार्यालय प्रमुख संरक्षकका रुपमा र देवचुली नगरपालिकाको वडा नं. ६ वडा कार्यालय, देवचुली युवा क्लब, तिनकन्या आमा समूहको आतिथ्यतामा देवचुली जेसीजको आयोजनामा कार्तिक १५ गतेदेखि २१ गतेसम्म विभिन्न गतिविधिका साथ जेसीज सप्ताहको तयारी गरिएको देवचुली जेसीजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...