ध्रुब क्षेत्री, दोहा
नेपाल समाजबादी पाटि नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ ) ले कार्तिक ३ सुक्रबार दशैँ तिहार , नेपाल सम्वत र छड पर्वलाई मध्या नजर गर्दै सुभकामना आदानप्रदान कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ! अन्तरास्ट्रिय नेपाली समाज कतारका प्रवक्ता ध्रुब क्षेत्री ले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा संगठनका प्रमुख सल्ल्हाकार बुदबल गुरुङ , संरक्षक समिति सदस्य भारत परियार , कार्यक्रम संयोजक रामचन्द्र गिरि , संगठन बिभाग प्रमुख मनोज दाहाल , उपा-अधक्ष्य रामजी सुबेदी, पुष्पराज भण्डारी, उपा-अधक्ष्य राम सुनार पण्डित, टिकाराम गुरुङ लगाएत कार्यसमिति सदस्य तथा पदाधिकारीको बाक्लो उपस्थिति थियो ।
नेपालीहरुका महान चाडहरु दशैँ – तिहार, नेपाल संम्बत तथा छठ पर्बको शुभ -उपलक्ष्यमा दोहा स्थित रेड चिल्ली होटलको सभाहलमा सयौंको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो।
बिधिवत रुपमा उट्घाटन गर्दै अगाडि बढेको कार्यक्रममा संगठनका अध्यक्ष राजाराम शाहीको अध्यक्षता रहेको थियो ! दोहाका अरु कार्यक्रम भन्दा निकै भिन्दै रुपमा गरिएको शुभकामना – आदानप्रदान कार्यक्रममा कुनैपनि संस्थालाई प्रमुख आथित्यतामा निमन्त्रणा गरिएको थिएन साथै सबै सस्था समान हुन भन्ने अबधारणाका साथ सबै उपस्थित पाहुनाहरुलाई समान अतिथिको रुपमा ग्रहण गरिएको थियो भने खादा,मालाको सट्टा फुलले स्वागत गरिएको थियो ।
समावेशीता,संघीयता, समृद्धि, शुसासन र समाजबाद” भन्ने मुल नारालाई लिएर अगाडी बढेको सङ्गठ्नको कतारमा जन्म जनवरी १ तारिक २०१६ मा भएको र कतारमा रहेका मजदुरहरुको हक र हितका पक्षमा ससक्त अभियान चाल्दै आएको शुभकामना मन्तव्यको क्रममा विभिन्न बक्ताहरुले बताए ।
नेपालीहरुका महान चाडबाड आउँदै गर्दा , घर जान नपाएपनि समाजले शुभकामना कार्यक्रमको आयोजना गरि दसैंमय कार्यक्रम बनाएकोमा धन्यवाद व्यक्त गर्दै आउँदै गरेका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरे । कार्यक्रममा एनसिसि कतार घले समुह बाट महिला उपाध्यक्ष मन्जु खनाल, नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष खगेन्द्र खनाल, नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष प्रकाश आले मगर, प्रवासी नेपाली एकता समाज कतार (पानस ) बाट गंगाराम फुयाल, प्रवासी नेपाली एकता मञ्चका कार्यवाहक अध्यक्ष गणेश ढकाल, कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुली, नेपाली जन प्रगतिशील मोर्चा कतारका अध्यक्ष रबिन पुन, नेपाली महिला समाज कतारकि अध्यक्ष सरिता भन्डारी (पौडेल ) अन्य सामाजिक संघ सस्था सङ्घ आबद्द कैलाश श्रेष्ठ , राजु श्रेष्ठ , ओम गुरुङ , कल्याण थापा , कर्णाली प्रदेश , मधेश प्रदेश, थारु कल्याणकारी समाज ,अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज, तामांग समाज, तमु समाज लगायत् धेरै अतिथिको शुभकामना मन्तव्य रहेको थियो ।
सङ्गठन बिभाग प्रमुख मनोज दाहालले स्वागत मन्तव्य राखे भने अनमोल श्रेष्ठले केही आफ्नो साँस्कृतिक प्रस्तुति पस्किएका थिए अधक्ष्य शाहीले आफ्नो मन्तव्य राख्दै महान चाडहरु दशैँ – तिहार नेपाल संम्बत तथा छठ पर्बको शुभ -उपलक्ष्यमा आफ्नो संगठनले शुभकामना सहितको कार्यक्रम गर्न पाउदा खुशी लागेको बताए ! वैदेशिक रोजगारिको लागि आएका हामि बाध्यताले परदेशमै चाडपर्व मनाउनु पर्ने हुन्छ,तथापि आफ्नो संगठनले शुभकामना कार्यक्रम आयोजना गरि चाडपर्व मनाएको बताए ! अध्यक्ष शाहीले कार्यक्रममा उपस्थिति जनाएर सफलता पुर्वक सप्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए ।