गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रेमप्रसाद सापकोटा ‘राजु’ सर्वसम्मत चयन हुनुभएको छ ।
संस्थाको ३४ औँ साधारण सभा अन्तर्गत शनिबार गैँडाकोटमा भएको निर्णय प्रमाणित तथा समापन कार्यक्रम तथा नयाँ नेतृत्प घोषणा सभाले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । संस्थाको उपाध्यक्षमा कालीदास गौडेल, सचिवमा गोविन्द कँडेल, कोषाध्यक्षमा पुष्पराज बराल, सह सचिवमा लक्ष्मण पौडेल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा निर्मला अधिकारी, अग्निप्रसाद सापकोटा, देवेन्द्र राना, दिलमाया श्रेष्ठ, लक्ष्मी गौतम, शोभाखर कँडेल, गणेशमान महतो, हिरा भुषाल, मुना कुमारी धनन्जय लम्साल र शेषकान्त कोइराला सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक इन्द्रराज ज्योती पौडेलले जानकारी दिनुभयो ।
लेखा सुपरीवेक्षण समिति संयोजकमा कमल सुवेदी, सदस्यमा सुरेन्द्र तिवारी र लक्ष्मी सिग्देल चयन हुनुभएको छ ।
विकूका पूर्व अध्यक्ष एवं निर्वाचन समिति सदस्य केशवप्रसाद सापकोटाले नव निर्वाचित समितिलाई संस्थाको श्रीवृद्धि, संस्थागत विकास, सदस्य केन्द्रीयता, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सक्षम होस् भनि शुभकामना व्यक्त गर्नुभयो । पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार हुने अर्का सदस्य हरिलाल सापकोटाले जानकारी दिनभयो ।
यसअघि भएको कार्यक्रममा विकूका अध्यक्ष ओमप्रसाद सापकोटा, उपाध्यक्ष यमुनाथ आचार्य, संस्थापक अध्यक्ष खेमराज सापकोटा, लेखा सुपरीवेक्षण समिति संयोजकमा कमल सुवेदीले मन्तव्य राख्नुभएको थियो । सभामा १४ वटा प्रस्तावहरु सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ ले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावहरु सभाले पारित गरेको प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यो समाचार बिजय एफएम डटकम डट ओरजी ड्ट एनपी मा छ ।