ध्रुब क्षेत्री- दोहा’
आश्विन २७, प्रबासी मजदुरको साथि अनेश भन्ने मोटोलाइ आत्मसाथ गर्दै आगामी अक्टोबर २० शुक्रवारका दिन डाक्टर बाबुराम भटराई र महेन्द्र राय यादब द्वारा नेतृत्व गरिएको नेपाल समाजबादी पाटी नेपालको प्रबाश भात्री संगठन अन्तराष्ट्रिय नेपाली समाज कतारले दोहाको सनैया स्थित प्लाजा मलभित्र चिली रेस्टुरेण्ट्को सभाहलमा नेपालमा नजिकिदै गरेको नेपालीहरुको महान चाडहरु दशैँ , तिहार तथा छड पर्बको शुभ उपलक्ष्यमा आफ्ना सुभचिन्तक तथा सम्पुर्ण कतारमा स्थापित संघ सस्थाको उपस्थितिमा शुभकामना आदानप्रदान गर्ने भएको छ। कार्यक्रम आयोजक समितिका संयोजक रामचन्द्र गिरी तथा संगठनका अधक्ष्य राजाराम शाहीका अनुसार उक्त कार्यक्रमका लागि सम्पुर्ण कतारमा स्थापित संघ सस्थालाई ब्यक्तिगत फेसबुक तथा संस्थाको फेसबुक पेजबाट पत्राचार गरिसकिएको छ भने संस्था प्रमुखहरुलाई मोबाईल मेसेज बाट पनि आमन्त्रण संदेश पठाइएको छ। साथै उक्त पत्र नपुगेको वा पेजमा नहेरिएको खण्डमा संस्थाको सुचना तथा यसै समाचार लाइ माध्याम मानेर उपस्थीत रहिदिनुहुन अध्यक्ष साहीले अनुरोध गर्नु भएको छ ।
अन्तराष्ट्रिय नेपाली समाज कतारको जनवरी १ तारिक २०१६ मा नेत्री हिसिला यामी बाट बिधिवत उद्घाटन गरी संगठनले कतारमा रहेका मज्दुरहरुको हक र हितका पक्षमा आफ्ना धारणा राख्ने र सबै पीडित मज्दुरको पक्षमा सक्दो सहयोग उपलब्ध गर्दै आईरहेको छ ।
नेपाल समाजबादी पाटि नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कतारले कतार स्थित सम्पुर्ण समाजबादी पाटि, (आर्थिक सम्रिद्दी , सुशासन ५श: सम्मुनत समाजबाद लगाएत ) प्रति बिस्वाश राख्ने सम्पुर्ण सुभचिन्तक, बौद्धिक व्यक्तित्व, कतार स्थित नेपाली वेबसाई , कतारमा स्थापित बैचारिक तथा सामाजिक संघ सस्था तथा बौद्धिक / सामाजिक व्यक्तित्व , पत्रकार तथा सम्पुर्ण नेपाल समाजबादी पाटिका शुभ चिन्तकहरुलाई दोहाको सनैया स्थित प्लाजा माल अन्तरगत चिली रेस्टुरेण्टको सभा हलमा उपस्थित भएर भेलाको गरिमा बढाईदिन र सल्लाह सुझाव आदानप्रदान गर्न सबैमा आग्रह समेत गरेको छ ।