काठमाण्डु- इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणमा परि कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
सरकारले इजरायलमा समस्यामा पर्नुहुनेहरुले सम्पर्क ब्याक्तीहरु तोकेको छ ।
Post Views: 276