सिक्किममा बाढीको कहर : १४ जनाको मृत्यु, सय भन्दा बढी बेपत्ता

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

झापा — सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासको डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार संस्थाहरुका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाईगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम प्रहरीले जनाएको छ ।

यो समाचार कान्तिपुरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...