सुदूरपश्चिममा भूकम्पको त्रास, एकैदिन ४ रेक्टरभन्दा माथिका सात झट्का

काठमाडौँ । बझाङमा मंगलबार भूकम्पले त्रसित बनाएको छ । मंलगबार एकपछि अर्को गर्दै ४ रेक्टरभन्दा माथिका सात भूकम्पका झट्का महसुस गरिएपछि स्थिति त्रासदीपूर्ण बनेको हो ।

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका अनुसार अपराहन्न २: ४० मा पहिलो ५.३ रेक्टरको भूकम्प आएपछि लगातार ४ भन्दामाथिका सात भूकम्प आएको थियो ।

दोस्रो ठुलो भूकम्प ३: ०६ बजे ६.३ रेक्टर स्केलको आएको थियो । यस भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो ।

त्यसै गरी तेस्रो भूकम्प ३: ४५ बजे ४.१ रेक्टरको आएको थियो भने चौथो भूकम्प ४: २८ बजे ४.१ रेक्टरको आएको थियो । त्यसैगरी पाँचौं भूकम्प ४: ३१ बजे ४.३ रेक्टर स्केलको आएको थियो भने छैटौं भूकम्प ५: १९ बजे ५ रेक्टर स्केलको आएको थियो । त्यसैगरी सातौं भूकम्प ५ : ३८ बजे ५ रेक्टर स्केलको आएको थियो ।

यस बाहेक आज कैयौं प्रकम्पन महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पले सुदूरपश्चिमका कैयौं जिल्लामा घर भत्किएका छन् भने कैयौं घाइते भएका छन् । अहिलेसम्म भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको र एक महिला बेपत्ता भएको विवरण आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search