दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । जसअनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ः२४ बजे शुभ रहेको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...