अनियमितता बिरुद्ध खबरदारी गर्दै सचेतना समाज नेपाल

नवलपुर । नवलपुर जिल्ला भित्रका बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयमा हुने, सम्भाबित भ्रष्टाचार, अनियमितता, बेतिथी कुशासन लगायतका गतिविधि बिरुद्धमा सचेतना समाज नेपालले खबरदारी तथा सम्बन्धित कार्यालयहरुमा सुशासन कायमका लागी ध्यानाकर्षण अभियान संचालन गर्दै आईरहेको छ ।


जिल्ला स्थित स्थानीय तहहरुमा नियम बिपरित पालिका प्रमुख हरुले राजनैतिक सल्लाहकार नियुक्त भय नभयको सुचना माग गर्ने देखी यदि अबैधानिक कार्य गरिए खबरादारी गर्ने, सुशासनका लागि ध्यानाकर्षण पत्रहरु बुझाउने कार्य गर्दै आईरहेको छ । साथै जिल्ला स्थित मालपोत, नापी कार्यालयहरुमा पनी सुशासन स्थापना तथा ध्यानाकर्षण पत्र बुझाएको यस संस्थाका सचिब एल० एन० दवाडीले बताउनुभयो ।


हामीले सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझायका छौ अब केही सुधार भय नभयको बारे हामी आ आफ्नो ठाउँबाट निगरानी  समेत गर्ने संस्थाका अध्यक्ष गगन कुमार न्यौपानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search