श्रीलंकालाई दस विकेटले हराउँदै भारत बन्यो एसिया कप विजेता

श्रीलंकालाई दस विकेटले हराउँदै भारत एसिया कपको विजेता बनेको छ । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६.१ ओभरमा पूरा गर्दै भारत आठौंपटक एसिया कपको विजेता बनेको हो । शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए ।

यसअघि श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो । छ पटकको विजेता श्रीलंकाको ब्याट धरासायी बनाउँदै भारतका मोहम्मद सिराज नायक बने । ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए।श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो । छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो ।

श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए । श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए । दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search