माग्दी । म्याग्दी जिल्लामा लघुवित्त कर्मीलाई अराजक गतिविधी सहित कुटपिट गरेको घटना नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दी ले मिती २०८०/०४/१९ गते विज्ञप्तिमा नेपाल लघुवित्त बैंकस संघ म्याग्दी जिल्ला समन्वय समितीले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वेनी मा कार्यरत कर्मचारी श्री सन्तोष पौडेल माथि कुटपिट गर्ने म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ०९ कोसेपानी घतान स्थित सुजन वि.क लाई संघले कार्वाहीको माग गरेको थियो ।
उक्त संघको कार्बाहीको माग अनुसार जिल्ला प्रहरी कार्यलय म्याग्दीले सुजन वि.क. लाई हिरासतमा राखी अनुसन्धान गर्दा प्रहरीले सुजन वि.क.लाई दोषि घोषित गरियो । पिडित पक्ष, पिडक पक्ष र नेपाल लघुवित्त बैंर्कस संघ म्याग्दीको समन्वयमा बृहत छलफल गरि लघुवित्त बैंर्कस संघ म्याग्दीको मागहरु लघुवित्तकर्मीको ज्यानको सुरक्षा सुरक्षित आर्थिक कारेबार खराब ऋण व्यवस्थापन सम्बधित मागहरु बेनी नगरपालिका प्रमुख सुरत के सी ज्यूलाई राखेको थियो सो घटनाको सम्बोधन गर्दे बेनी नगरपालिका प्रमुख सुरत के सीज्यूले आगामी दिनमा समाजमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने क्रममा लघुवित्तकर्मीहरु माथि अराजकता व्यवहार कुटपिट गर्ने जस्ता कृयाकलाप दोहोरीयमा कडा भन्दा कडा कारवाही गरिने जानकारी गराउनु भयो । मिती २०८०/०४ / २१ मा नगर प्रमुख सुरत के.सी. नगर उपप्रमुख ज्योती लामिछाने पौडेल, वडा नम्बर ९ को जनप्रतिनिधी वडा सदस्य गणेश शर्मा, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेनीको शाखा प्रमुख संगिता क्षेत्री, नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दी जिल्ला समन्वय समितीका पदाधीकारी अध्यक्ष लक्ष्मण पाठक, संयोजक राम गौतमको रोहबरमा पिडक सुजन वि.क.लाई सार्वजनिक रुपमा माफि माग्न लगाई आगामी दिनमा कुटपिट, अराजक गतिविधि नगर्ने कबुल गराइयो ।
पिडित कर्मचारी सन्तोष पौडेललाई स्वास्थ्य उपचारको सम्पूर्ण खर्च पिडक सुजन वि.क.ले व्यहोर्ने र भुक्तान गर्नु पर्ने बाँकी ऋण सुजन वि.क. र सुजन वि.क.को परिवारले तिर्ने गरि सहमती गरिइएको थियो । पिडित कर्मचारी सन्तोष पौडेल उपचार गरि आएर मिति २०८०/०५/१८ मा पिड़ित कर्मचारी सन्तोष पौडेलको स्वास्थ्य उपचार खर्च सहित रु १७१३२४ पिडक सुजन वि.क र सुजन वि.क.को परिवारले तिरी वडा नम्बर ९ को जनप्रतिनिधी वडा सदस्य गणेश शर्मा, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेनीको शाखा प्रमुख संगिता क्षेत्री, नेपाल लघुबित्त बैंकर्स संघ म्याग्दी जिल्ला समन्वय समितीका पदाधीकारी अध्यक्ष लक्ष्मण पाठक, कोषाध्यक्ष उज्वल कट्टेलको रोहबरमा मेलमिलाप गरिएको जानकारी गराराएको छ ।