पर्यावरण बचाउने पर्वत सेवा समाजको कदम

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

सुरेश भट्ट आश्रिन

कतारको राजधानी दोहाबाट करिब १२५ किलोमीटर टाढा रहेको जिकृत समुद्रिक तटमा पर्वत सेवा समाजले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

१९९२ मा भएको विशाल विश्वसम्मेलनले २१ बुँदे वातावरणका थुप्रै एजेन्डासँगै कार्ययोजना पास गर्दै वातावरण संरक्षण इतिहासको कोसेढुंगा साबित गरेको थियो । तर विडम्बना चर्को नाराले विश्वबजार तताए पनि वातावरण सरसफाईमा मानवीय संवेदनशील व्यवहार र चिन्तन परिवर्तन नहुँदा अहिले मानव समाज आफैले गरेको गन्धकी सफा गर्दैछ । आफैले गरेको फोहोर संग लडाइँ लड्नुपर्ने अवस्थासम्म मानवजाति आइपुगेको छ ।

वातावरण प्रतिकूलताले पछिल्लो एक दशकदेखि प्रत्यक्ष रूपमै असन्तुलित अवस्थामा विश्वभर देखापर्ने असर असरल्ल देखिएको छ, जसमा मुख्यतः जलवायु परिवर्तन, अतिवृष्टि, अनावृष्टि, मरुभूमीकरण, हरित ग्यास उत्सर्जनमा वृद्धिजस्ता थुप्रै समस्या देखा परेतापनी वातावरण संरक्षणमा कूनैपनी देशले फड्को मार्न सकिरहेको छैन ।

अहिले देखापरेका वातावणीय असन्तुलन र त्यसका घटनाक्रम रोक्न Qatar ministry of environment and climate change र Doha environmental action plan project ले गरेको वातावरण संरक्षणको सक्रियतालाई टेवा पुर्‍याउँदै पर्वत सेवा समाज कतारले सरसफाई कार्यक्रम गरेको संस्थाका अध्यक्ष रघुनाथ शर्मा बताउँछन् ।

हिजो भएको समुन्द्रि किनार सरसफाई कार्यक्रम प्रवासी नेपाली समुदायको तर्फबाट अम्बिका पौडेलले कतार स्थित निकाय संग समन्वय गर्दै पर्वत समाजको अगुवाईमा भएको थियो ।

उक्त कार्यक्रममा करिब ५५ जना नेपाली समुदायबाट र करिब १५/२० जना अन्य बिदेशी समुदायहरूले प्रतिनिधित्व गरेका थिए । सरसफाई कार्यक्रमबाट संकलन गरिएको ३०० किलो फोहोर कतारको वातावरण पर्यावरण मन्त्रालयका अधिकारी होसे ससेडो लाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...