कावासोती नगरकार्यपालिकाको नियुक्ति निर्णय अविलम्ब बदर गर्न सचेतना समाज नेपालको ज्ञापन पत्र

कावासोती,नवलपुर । सचेतना समाज नेपालले कावासोती नगरपालिकामा राजनैतिक तथा कानुनी सल्लाहकार नियुक्ति र निजहरुलाई प्रदान गरिएको सेवा सुविधा प्रती अनियमिता र अनावश्यक भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

समाजमा हाल चरम आर्थिक मन्दी बढ्दै गईरहेको परिप्रेक्षमा कावासोती नगरपालिका नगरकार्यपालिकाको निर्णय अनुसार राजनैतिक तथा कानुनी सल्लाहकारको नियुक्ति र निजहरुलाई साखा अधिकृत सरहको सेवा सुबिधा दिने निर्णय अबिलम्ब बदर गरियोस भनी जोडदार अपिल गर्दछौ भनी ज्ञापनपत्रमा लेखिएको छ ।

प्रदेश ऐन कार्यविधी अनुसार प्रदेशको मुख्य मन्त्री बाहेक अरुले राजनैतिक सल्लाहकार राख्न नपाउने व्यवस्था भएको भन्दै ज्ञापन पत्र बुधवार नगर कार्यपालिकाका प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेलाई सचेतना समाज नेपालका पदाधिकारीहरुले बुझाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search