अन्तराष्ट्रिय नेपाली समाज कतारको संगठन बिभाग प्रमुखमा- दाहाल

दोहा ,
१९ अगस्ट २०२३ । ” आर्थिक समृद्धिमा हाम्रो साथ विदेशका हरेक मजदुरको मनमा INS ” भन्ने नारा दिदै , अन्तर्राष्ट्रिय नेपाली समाज कतारको पुनर्गठन १९ अगस्ट २०२२ मा सनैयाको रोटना हलमा भव्यताका साथ सम्पन्न भएको थियो। अगिल्लो बर्षको उक्त भेला पसी पुन: १८ अगस्ट २०२३ का दिन संगठन ले केहि पदाधिकारी तथा विभागमा फेरबदल गरेको छ ।

उक्त मासिक कार्यसमितिको बैठक संगठनका अधक्ष्य श्री राजाराम शाहीको अधक्ष्यता मा सनैयाको ग्राण्ड मलको एसियन टाउन रेस्टुरेण्टको सभाहलमा बसेको थियो । भेलाले बिभिन्न निर्णय गर्दै संगठनलाई चुस्त द्रुष्ट बनाउने सर्ब सहमत निर्णय गरेको छ । संगठनले तल उल्लेखित निर्णय गर्दै आफ्नो बैठकको समापन गर्‍यो ।

निर्णयहरु :

१: सङगठनका सचिव मनोज दहाललाइ उपाध्यक्षमा मनोनित गर्दै संगठन बिभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

२: सङगठनका बरिस्ठ सद्स्य बुधबल गुरुङलाइ सल्लाहकारमा मनोनित गर्दै प्रवास प्रादेशिक बिभागको उपाध्यक्षमा मनोनीत गर्न सिफारिस गरिने निर्णय गरेको छ ।

३: सबै क्षेत्रमा पुरानै अवस्थाको क्षेत्रीय संगठन बनाउन सबैले संगठन बिभाग प्रमुखलाइ सहयोग गर्न अपिल गरेको छ ।

४: संगठनका बिशेष सल्लाहकार श्री भरत परियारलाइ संगठनको अभिभावक संरक्षक पदमा मनोनीत गरेको छ ।

५: अन्त्यमा समाजबादि धारमा आउन चाहाना राख्ने संस्था तथा बौद्धिक ब्याक्तित्वहरुलाई नेपाल समाजबादी पाटि र उसको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको संगठनमा सहभागि भएर मजदुरका हितमा काम गर्ने अभियानमा साथ दिन आग्रह गरेको छ ।

बैठकको सहजीकरण संगठनका प्रवक्ता ध्रुब क्षेत्री ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search