शाश्वत धाममा कथा वाचनका लागि आएका शास्त्रीलाई पशुपतिमा भब्य स्वागत

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं ।
भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई पशुपतिनाथमा स्वागत गरिएको छ । शुक्रबार नेपाल आएका उनलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए ।

नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका उनी पशुपतिनाथको दर्शनका लागि आउने क्रममा पशुपति विकास कोषले उनलाई स्वागत गरेको हो ।

शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।   तस्विर : सुरज धामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...