दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारतीय बक्स अफिसमा दुई वर्षपछि रजनीकान्तको धमाकेदार इन्ट्री ओपनिङ गरेको छ। बिहीबार रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको हो।
भारतीय सञ्चारमाध्यमहरुका दुई दुई वर्षपछि रजनीकान्तको धमाकेदार इन्ट्री रजनीकान्तको धमाकेदार इन्ट्री ‘जेलर’ सन् २०२३ मा फिल्म पठान र आदिपुरुषपछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ। फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ। ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ।
दक्षिण भारतमा रजनीकान्तको क्रेज यतिसम्म छ कि उनको फिल्म रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो। यतिमात्र होइन, धेरै कार्यालयका कर्मचारीलाई जेलरको टिकट पनि निःशुल्क दिइएको छ।
रजनीकान्तले २ वर्षपछि पर्दामा धमाकेदार इन्ट्री गरेका हुन्। फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिएका छन्। थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न धेरै प्रतीक्षारत थिए। जेलर रजनीकान्तको १६९ औं फिल्म हो। यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो। पछि बदलेर जेलर राखियो।