सूर्योदय वोमी द्धारा तिल्कानामा विमा दावी वापत क्षतीपूर्ती प्रदान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुनवल । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सुनवल नवलपरासीको आयोजनामा सुनवल ६ तिल्कानामा मंगलवार विमा दावी वापत क्षतीपूर्ती प्रदान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । केन्द्र नं ५८ की प्रमुख सरस्वती मल्लको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथी तिल्काना टोल विकास संस्थाका अध्यक्ष कृष्ण वहादुर थापा रहनु भएको थियो ।कार्यक्रममा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सुनवल द्धारा गठीत केन्द्र नं ०५८ को सदस्य रुपा रानालाई श्रीमानको वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा ४५ वर्षको अल्पआयूमा गत असार २५ गते मृत्यू भएको र सोको विमा राहत वापतको रकम रु ३०००००/- प्रदान गरीएको छ ।

उक्त कार्यक्रममा शाखा प्रमुख सुरज विश्वकर्माले संस्था को वारेमा जानकारी गराउदै लघुवित्त के हो ? यसको काम कर्तव्य वर्तमान अवश्थामा यस्को आवश्यकता , वचत ,तथा कर्जा यस्को प्रकार र महत्व को वारेमा प्रशिक्षण गर्नु भएको थियो । उक्त कार्यक्रमा केन्द्र सदस्यहरु,स्थानीय भद्र भलाद्मी,कर्मचारी गरी जम्मा २३ जनाको सहभागिता रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथीले यस कार्यक्रम मार्फत लघुवित्त सम्बन्धि आफु प्रष्ट भएको र यसले समाजको आर्थिक उन्नतीमा धेरै सहयोग गरेको वताउनु भयो ।कार्यक्रमको सहजिकरण शाखा प्रमुख सुरज विश्वकर्माले गर्नु भएको थियो भने उक्त कार्यक्रमको समापन सरस्वती मल्लले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search