नेकपा एमालेकी नेतृ शान्ता चौधरीले रविले महिलालाई हेपेको जनाएकी छिन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई महिलालाइ नहेप्न चेतावनी दिएकी छिन् । चौधरीले महिलाले पनि गाडी चलाउने र प्लेन उडाउने भन्दै महिलालाइ नहेप्न चेतावनी दिएकी हुन् । रास्वपा सभापति लामिछमनेले बुधबार चितवनमा महिलाहरुका लागि निशुल्क बस सेवा संचालन गरेका थिए । सोहि विषयमा चौधरीले टिप्पणि गरेकी हुन् । उनले महिलालाइ आत्मनिर्भर बन्न सक्ने नीति बनाउन र रोजगार दिन सक्ने योजना ल्याउन समेत लामिछानेलाइ सुझाव दिएकी छिन् । उनले लामिछानेको विचार र गन्तव्यमाथि प्रश्न उठाएकी छिन् ।

चौधरीले सामाजिक संजालमा लेखेकी छिन् :-

महिलालाइ नहेप ।  (यहाँ क्लिक गरेर पोस्ट हेर्न सकिनेछ)
गाडी चलाउँछन , प्लेन उडाउँछन । महिलालाइ आत्मनिर्भर बन्न सक्ने नीति बनाउ , रोजगार दिन सक्ने योजना लेउ । स्टन्टको राजनीति धेरै नगर , एउटा गाडीको भाडा निशुल्क त्यही पनि एउटा जिल्लामा । परिवर्तनको आभास दिने भिजन अगाडि बढाउ , तिम्रो गन्तव्य के हो अनि बिचार के हो सार्वजनिक गर , त्यसैमा हामी पनि बहसमा भाग लिउँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...