कैलाली,
१४ साउन ।
कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने मञ्जु रावलको हत्यामा संलग्न चार जना पक्राउ परेका छन ।
मन्जु रावलको छोरा बिवेक रावलले मिति २०८०।०२।२५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि जानु भएको र सोही दिनको साँझबाट मेरो आमा मञ्जु रावलको मोबाईल समेत बन्द रहेको हुँदा खोज तलास गरी पाँउ भनि मिति २०८०।०३।०१ गते ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदन दिएका थिए ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा निज मञ्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भई रहेको भन्ने समेत खुल्न आई घटना संकास्पद लागी थप अनुसन्धान गर्दै जाँदा सोही बिबादीत जग्गाको बिषयलाई लिएर निज मञ्जु रावलको हत्या गर्ने योजना बनाएका हुन ।
जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने बर्ष ४० कि गोमा रावल, ऐ.ऐ.बस्ने बर्षा रावल, ऐ.ऐ. बस्ने बर्ष २४ को भरत रावल, जिल्ला अछाम पञ्चदेवल विनायक न.पा. ६ तोलि बस्ने बर्ष ३७ कि सरिता रावल समेतले हत्या गरेको भन्ने खुल्न आई निजहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरीएको थियो ।
मिति २०८०।०४।१४ गते १५:३० बजेको समयमा प्रतिबादी सरिता रावलको वयान तथा निजले देखाएको स्थान जिल्ला कैलाली मोहन्याल गा.पा.वडा नं. ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरीएर रहेको हड्डी (कंकालहरु) टुक्रा-टुक्रा फेला परेको, सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट निज मृतक मञ्जु रावलको छोरा बिवेक रावलले मेरी आमा मञ्जु रावलको कुर्ता शुरुवाल हो भनि सनाखत गरेको र थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरिले जनाएको छ ।