ध्रुब क्षेत्री,
दोहा , ८ श्रावन । नेपाल समाजबादी पार्टी नेपालको प्रवाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ ) ले श्रावन ५ शुक्रवार आफ्नो संगठनको मासिक बैठक तथा प्रशिक्षण र स्वागत कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ। अन्तरास्ट्रिय नेपाली समाज कतारका अधक्ष्य राजाराम शाहीको अध्यक्षतामा सल्लाहकार, पधादिकारी तथा कार्यसमिति सदस्याहरुको उल्लेखनिय उपस्थितिमा संगठनको प्रशिक्षण तथा आगामी संगठनको कार्य योजना बारे प्रस्टाएको थियो ।
उक्त बैठकमा कतारका चिरपरिचित समाजसेवी तथा पुर्व NRNA – NCC कतारका महासचिव बुदबल गुरुङ संगठनमा आबद्द हुनु भएको थियो। गुरुङलाइ संगठनका अधक्ष्य राजाराम शाही ,उपाध्यक्ष रामजी सुबेदी ,टिकाराम गुरुङ , राम सुनार , प्रमुख सल्लाहाकार भरत परियार, सचिव मनोज दहाल लगायतले खादा ओढाएर स्वागत गर्नु भएको थियो। उक्त अवसरमा संगठनमा ध्रुविकृत हुनुभएका गुरुङ्गले आफुले लामो समय समाजसेवामा काम गरेको र समाजकै हितमा काम गरेको भएपनि भावी दिनहरुमा बैचारिक तथा राजनीतिक ज्ञान प्राप्त गर्न तथा देशको हितमा अझै काम गर्ने अवसरका लागि राजनीति पार्टिमा नै आवद्धता हुनु पर्ने आफ्नो आत्माले चाएको भन्दै उहाँले आफ़ुले केहि समयाको अध्यान पश्चात डा.बाबुराम भटराईले नेतृत्व गरेको नेपाल समाजबादी पाटिको बिचार र आफ्नो बिचार एक-आपसमा मेल खाएकाले नै यहाँ प्रवासमा उक्त पाटिको भातृ संगठनमा आवद्ध हुन पुगेको बताउनु भयो । साथै उहाले आफु राजनीतिमा नयाँ भएतापनि अवका दिनमा अझै अध्यान गरेर संगठन र पाटीका हितमा लाग्ने र अन्यसाथिहरुलाई पनि आवद्ध हुन प्रोत्साहन गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त प्रशिक्षण तथा नियामित मासिक भेटघाट कार्यक्रममा आगामी NRNA -NCC को चुनाव र संगठनका भावि कार्यक्रम तथा देशको राजनीति परिस्थिति र मूल पाटिले लिएको नीति बारे चर्चा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रवत्ता ध्रुब क्षेत्रीले गर्नु भएको थियो।