दोहा, कतार ।
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको आसन्न राष्ट्रीय अधिवेशन नजिकिदैँ गर्दा एनआरएनए एनसिसिमा बलिया प्रतिस्पर्धीहरूले उमेद्वारी दर्ता गराएका छन् ।
सचिव पदमा सर्वाधिक रूचाईएका गणेश कार्की दोहाको समाजमा प्रभावशाली छवी भएका व्यक्ति पनी हुन् सामाजिक कार्यमा अग्रसर कार्की एनआरएनए एनसिसी कतारलाई गैरदलिय, गैरनाफामुलक र विशुद्ध सामाजिक संस्था बनाई विग्रिदोँ नेपाली समाजलाई एकीकृत गरी समाजको दीर्घकालिन भविष्य बनाउने उद्धेश्य बोकेर सचिव पदमा दावेदारी दिएको बताउँछन ।
कूनै समय प्रवासी नेपालीहरुको रोजाईको संस्था बनेको NRNA-NCC कतारको आजको समयमा आईपुग्दा टुटफुट, गुटउपगुट ब्यबस्थापकिय बेथितिहरुले अविभाजित हुनूपर्ने संस्था दुइ भागमा विभाजित हुँदा एनसीसी कतार प्रति नयाँ पुस्ताले हेर्ने गलत दृष्टिकोण परिवर्तन गर्दै समावेशी समाज निर्माण गर्न चाहान्छन गणेश कार्की।
” गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता ” भन्ने मूल उद्देश्य बोकी प्रवासी श्रमीकका आजको आवश्यकतालाई संस्थागत रुपमा संवोधन गर्ने गराउने र झण्डै ४ लाख नेपालीहरूको कर्मभूमि रहेको कतारको यस संस्था श्रमिकहरूको साझा संस्थाको रुपमा स्थापित गराएरै छाड्ने संकल्प बोकेर आफु चुनावी मैदानमा होमीएको कार्कीको भनाई रहेको छ ।
➡️प्रतिबद्धताहरू:-
क) श्रमिकहरूलाई अपनत्व हुनेगरी साझा संस्था बनाउन अहम भूमिका खेल्ने।
ख) संस्थालाई इमानदारहरूको, जबाफदेहिहरूको, नैतिकता भएकाहरूको, र पारदर्शिता भएको बनाउने।
ग) दोहाको समाजभित्र भएका लेखक, साहित्यकार, समालोचक र पाठकहरूलाई संस्थामा सम्मान र मर्यादापूर्ण वातावरण निर्माण गर्ने ।
घ) राजनीतिक भर्तीकेन्द्र पुर्णरूपमा बन्द गराउने प्रयत्न गर्नेछू ।