लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती – लायन्स क्लब अफ कावासोतीको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थापना भएर तेस्रो बर्षमा अगाडि बढिरहेको क्लबको बर्ष २०२३-२०२४ का लागि पुर्व सचिव लायन शिव खड्का सर्वसहमत रुपमा अध्यक्ष चयन भएका हुन ।

शनिबार सम्पन्न कार्यक्रमका विच अध्यक्ष खड्कालाई संस्थापक अध्यक्ष किरण भुर्तेलले पद हस्तान्तरण गरे भने सचिव दिपक लुइँटेललाई पुर्व सचिब रहेका खड्काले पद तथा माइनट हस्तान्तरण गरेका छन ।

संस्थाको अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा लक्ष्मण रिजाल,द्वितीय उपाध्यक्षमा नारायण तिवारी ,सचिबमा दिपक लुइँटेल ,कोषाध्यक्षमा मीन बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका छन। कावसोती ८ मा रहेको नयाँ थाली होटलको सभाहलमा सम्पन्न कार्यक्रममा रिजन चेयर पर्सन देविमाया घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थिति रहनुभएको थियो भने जोन चेयर पर्सन देवि घिमिरे,लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका अध्यक्ष ओमकार सिग्देल सहित क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...