मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिक खसेको पहिरो पन्छाएपछि करिब ९ घण्टापछि सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

शनिबार अपराह्न करिब ४ बजेतिर सुक्खा पहिरो खसेका कारण दुईतर्फी सडक अवरुद्ध भएको थियो।

वर्खालागेसगै सो सडकखण्डमा सडक अवरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन उपकरणहरू तयारी अवस्थामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search