सन्देश घिमिरे,
कावासाेती ।
केही दिन देखिको अविरल बर्षाका कारण आएको बाढिले कावासोतिमा एक बालक बेपत्ता भएका छन ।
अबिरल बर्षाका कारण कावासाेती-७ मा रहेकाे बाणखाेलामा आएकाे बाढिमा परि सिद्धार्थ आवासिय माध्यमिक विद्यालय कक्षा ४ मा अध्यनरत, कावासाेती -०७ बस्ने ११ बर्षिय अप्सन अधिकारी हराईरहेका हुन् ।
उनी शनिबार साँझ करिब ६ बजे भेल्टिस फुटबल खेल्न गएका थिए । शनिबार देखि नै नेपाल प्रहरी शसस्त्र तथा स्थानीय युवाहरुले खाेजी कार्य जारी राखेका छन ।
Post Views: 309