खोलामा डुबेर एक शिक्षकको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर । नवलपुरमा खोलामा डुवेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर घर भएका ३० वर्षका कृष्ण सुबेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिनुभयो ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका वडा नं. १० मा रहेकाे जनता माध्यामिक विद्यालयका शिक्षक हुन् । अत्याधिक गर्मी भएपछि पौडी खेल्ने भन्दै उनि सहित स्कुलका सातजना शिक्षकहरु खोलामा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...