नवलपुरको दुम्कौलीमा ४४ डिग्री यस बर्षकै उच्च तापक्रम

नवलपुर ।
नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यो रेकर्ड विगत चार दिनयता तोडिएर ४३.८ पुगेको थियो ।

विभागले शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च भएको बताए । यद्यपि विभागले साँझ पौने ६ बजेमात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने भएकाले त्यतिबेलासम्म थप–घट पनि हुनसक्ने बताए ।

विभागका अनुसार यस वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगाको अधिकतम तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

वरिष्ठ मौसमविद पौडेलका अनुसार पूर्व, मध्य र पश्चिमका तराई–मधेशका जिल्लाहरुमा गर्मी अत्यधिक छ । केही जिल्लामा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

यस वर्षको मनसुन भारत आइपुगेको र त्यो नेपाल आइपुग्न केही दिन लाग्ने भएकाले केही दिन गर्मीको अवस्था कायम रहने मौसमविदहरुको प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search