महिलाको बैंक खाताबाट डेढलाख बढि रकम गायब

चितवन, जेठ, २५ ।
चितवनको भरतपुरमा रहेको एनआईसी एसीया बैंक हाकिमचोक शाखाबाट एक सेवाग्राहीको डेढलाख बढि रकम गायब भएको छ ।

भरतपुर १० की अनिता गौतम दवाडीको नाममा रहेको सो बैंकको खाताबाट १ लाख ५२ हजार रकम डिजिटल मोवाईल वालेट एप्लीकेसन खल्तीमा ट्रन्सफर भएको हो ।

गत मंगलबार बिहान ११ः४० मा बैंकमा रकम जम्मा गरिएको थियो । रकम डिपोजीट गरिएको केहि समयमा डिजिटल मोवाईल बैंकीङ खल्तीमा सो रकम ४ पटक गरि ट्रन्सफर गरिएको अनिताका श्रीमान गंगाधर दवाडीले बताउनु भयो ।

उहाँका अनुसार सोहि दिन ११ः४९ बजे ५० हजार, १२ः०३ ५० हजार, १२ः१८ बजे २ हजार र १२ः५० बजेको समयमा ५० हजार ट्रन्सफर गरिएको छ । उहाँले रकम गाएब भएको जानकारी बैंक र प्रहरीलाई गराएको बताउनु भयो ।

बैंकको हाकिमचोक शाखाले यस बिषयमा प्रहरी र केन्द्रलाई जानकारी गराईसकेको जनाएको छ । यस बिषयमा बैंकको भन्दा पनि सेवाग्राहीको त्रुटीका कारण ह्याक भएको बैंकको भनाई छ ।

यस्तै जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता तथा डिएसपी बिजयराज पण्डितले बैंक र सेवाग्राही दुवैबाट जानकारी लिएर अनुसन्धान शुरु गरिएको बताउनु भयो । उहाँले सेवा ग्राहीको डाटा ह्याक भएर रकम गायब भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाएको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search