गणतन्त्रको हत्या भएको भन्दै युवाहरुले गरे सडकमा ३० मिनेट मौन धारण

काठमाडौं । सरकारले आज १६ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मुुलुकभर मनाउँदैछ तर सामाजिक संजाल भरी गणतन्त्रको धज्जिया उडाएको भन्दै युवाहरु द्वारा सडकमा शान्तिपूर्ण बिरोधमा ३० मिनेट मौन धारण गरिएको थियो ।

संविधानबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्रको दिवसको रुपमा मनाउने गरिएको हो । गणतन्त्रले जनतामा फाईदा बेफाईदा के गर्यो भन्ने कुरा पनि सोच्नु पर्ने अवस्था आएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ भने सैैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ तर आजकै दिन सामाजिक संजाल मात्र नभइ एम आर आर लगायतका युवाहरु गणतन्त्रको नाममा टिकापुर हत्याका आरोपी रेशम चौधरीलाई आम माफी दिने निर्णय सँगै बिरोधमा गणतन्त्रको हत्या भएको भन्दै सडकमा ३० मिनेट मौन धारण समेत गरेका थिए। २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ साल जेठ ८ गते भएको संसद पुनःस्थापना गरेका थिए । सोही आन्दोलन गणतन्त्र स्थापनाको जगको रुपमा स्थापित भएको थियो ।

राजतन्त्र फालेर गणतन्त्र भित्रीएपछी जनताले परिवर्तन को आसा गरेका थिए तर राजतन्त्र समाप्ती पछि पनि गणतन्त्र मनाउन लागेकै १६ औं बर्ष भएको छ , न त नीति परिवर्तन नै हुन सक्यो न त थिती परिवर्तन नै हुन पायो । परिवर्तन भयो त केवल मिति र सत्ताधारी काँधहरु । राजतन्त्र ढलेपछी नागरिकले देश बाट सुबिधा मिल्ने छ भन्ने सोचका साथ जनआन्दोलनमा संलग्नता रहेका नागरिक अब गणतन्त्रको बिरोधमा सडकमा उत्रीएका युवाको जमातले जनताले गणतन्त्र बाट आसा मारेकै हुन कि भन्नेमा द्विमत छैन । जसरी राजतन्त्र परिवर्तन गर्न जनसागर उर्लिएको थियो त्यही जनसागर एक पटक सडकमा जुट्न थाले भने गणतन्त्रको कृया छिटै गर्न सकिनेमा आन्दोलनमा रहेका युवा बताउछन ।

यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले १६ औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search