निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

१६ वैशाख, काठमाडौं । कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।

प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको समिति उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकरात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।

७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार निराको शरीरमा कम्तिमा १९ पटक छुरा प्रहार गरिएको थियो ।

हत्या भएको एक साताभन्दा बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै प्रशासनविरुद्ध आन्दोलन भइरहेको थियो । त्यहीबीच प्रहरीले शनिबार राति झापाबाट एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

पाण्डे झण्डै १० वर्षदेखि ‘निरु किचन’ चलाउँदै आएकी थिइन् । व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनी र श्रीमान् योगेन्द्र आचार्यले अर्को पसल पनि खोलेका थिए । अर्को पसल एक सय मिटरको दूरिमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...