आगो देखिएको विमान सुरक्षित साथ गन्तव्यतर्फ लाग्यो

इन्जिनमा समस्या देखिएको फ्लाइ दुबईको विमान गन्तव्यतर्फ नै प्रस्थान गरेको छ।

विमानस्थल कार्यालयका प्रमुख प्रतापवाबु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन् । ९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो।

‘अवतरणको प्रयास गर्दागर्दै पाइलटबाट विमान नर्मल भएको जानकारी आयो,’ तिवारीले भने, ‘अहिले सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेको छ।’ काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए। दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search