११ वैशाख, तनहुँ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ । तर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेभन्दा १० हजार मतले पछाडि परेपछि उनलेसोमबार साँझ सामाजिक सञ्जाल फेसबकुमार्फत बताएका छन् ।
अर्थात रास्वपाका वाग्लेको जितको घोषणा अब औपचारिकताका लागि मात्र बाँकी छ । किनकी तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल १६ हजार मतले पछाडि छन् ।
तनहुँ–१ मा रहेका ४२ वटा वडामध्ये सोमबार साँझसम्म ३३ वटाको गणना सकिएको छ भने ९ वटामा बाँकी छ । गणना गर्न बाँकी बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाका वडाहरुमा यही अनुपातमा मत आए वाग्ले १० हजारभन्दा बढी मत अन्तरले विजयी हुने देखिन्छ ।
उपचुनावमा वाग्ले निर्वाचित हुन सक्छन् भन्ने मतदानअघि नै देखिएको थियो । कांग्रेस र एमालेका नेताहरुले पनि अनौपचारिक सम्वादहरुमा यो रास्वपाको लहर आएको स्वीकार गरेका थिए । तर भारी मतान्तरको अनुमान गरेका थिएनन् ।
Post Views: 67