चितवन । उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) प्रती नागरिकहरुमा भिन्दै क्रेज देखा पर्न थालेको छ । चितवन , बारा र तनहुँमा हुने उपनिर्वाचनको दौडादौडिमा रास्वपाले ठुला दलहरुसँग खुलेयाम च्यालेन्ज नै दिएर मैदानमा उत्रिरहेको छ । नया र भिन्नै स्वरुपका साथ खडा भएको रास्वपा सँग चितवन र तनहुँमा भिड्न ठुला दलहरुले बैचारिक र भागबन्डाका सहमतिमा गठबन्धन गरि प्रचार प्रसारमा लागिरहेका छन ।
हुन त रास्वपा ठुला पार्टिहरुको निमित्त मंसिर ४ गते भएको निर्वाचनमा जम्मा २० सिट ल्याएको चौंथो दल हो तर स्थापनाको दौरान देखि नै ठुला भनिएर चिनिएका प्रमुख दलहरुलाई नै आत्थु आत्थु बनाईरहेको छ । यस रास्वपालाई मैदानमा मात्र हैन अहिले विभिन्न सामाजिक संजालहरुमा पनि जुनसुकै पार्टिको न्युज , फोटो वा अन्य कुनै अभियानका खबरहरुमा समेत रविका पक्षधारहरुले गुड लक रवि दाइ जस्ता कमेन्टले संजालमा अट्याक गरिरहेको देख्न सकिन्छ । उता भने रास्वपाका सभापति रवि लामिछानेले आफ्ना समर्थकहरुलाई सामाजिक संजालको माध्यमले छाडा नबोल्न अनुरोध गरेका छन । यतिखेर सामाजिक संजाल भरी रवि र रास्वपाकै बिषयमा मात्र चर्चा सिमित हुने गरेको छ । यद्यपि उपनिर्वाचनको लागि अब भने आयोगले मौन अवधिको समय निर्धारण गरिसकेको छ ।
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिनुभयो ।
चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।