सूर्योदय वोमी लघुवित्तले बायाँटारीमा आफ्ना सदस्यहरुलाई साक्षरता तथा च्याउ खेती तालिम सिकाउदै

किस्मत पौडेल , वालिङ । सूर्योदय वोमी लघुवित्तले वालिङ नगरपालिका १३ बायाँटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ ।

सूर्याेदय वाेमी लघुवित्त संस्थाकाे बायाँटारी शाखाले आफ्ना सदस्यहरुलाई लक्षित गरेरे साे कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सिप प्रदान गर्न संस्थाले पहल गरेको हाे। वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रे,वडा सदस्य लाल वहादुर थापा ,जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा अकला आवाज साप्ताहिकका सम्पादक ध्रुव गौडेल लगायतले अहिलेको वित्तीय अवस्था संगै लघुवित्तले गरेका सकरातमक कार्यहरूका साथै समस्याका विषयमा आ आफ्ना धारणा राख्नुभएकाे थियाे।

कार्यक्रममा क्षेत्रीय प्रमुख अमित क्षेत्रीले आफ्ना सदस्यहरुलाई वित्तीय क्षेत्रका बारेमा जानकारी गराउनु भएकाे थियाे।
ब्यवसायिक च्याउ खेती तालिमका प्रशिक्षक द्वय गोविन्द प्रसाद शर्मा र हुम वहादुर कुमालले पराल धुने पकाउने देखि बीउ राख्ने लगायतका विषयमा प्रयोगात्मक हिसाबले सदस्यहरुलाई अभ्यास गराउनुभएकाे थियाे ।

तालिमका सहभागी सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र संस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणि हरुको आर्थिक स्तर माथी उठ्ने बताएकाथिए। सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत दिपक अधिकारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षता सदस्य राधिका भण्डारीले गर्नुभएकाे थियाे भने बायाँटारी शाखा प्रमुख राजु नेपालीकाे सञ्चालन संगै सुरु भएकाे कार्यक्रममा करिव १०० जना सदस्यहरूकाे सहभागिता रहेकाे थियाे। साथै समूह न.०४ कि गंगी माया थापालाई सस्थाको गोल्डेन सदस्यको रुपमा पुरस्कृत पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search