सर्दी । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था सर्दि शाखाले समूहका महिलाका लागि झोल साबुन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ६३ वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो ।
सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को नवलपरासि पुर्व जिल्ला बिनय त्रीबेणि गाउपालिका ४ मा रहेको सर्दि शाखाको आयोजनामा १ दिने झोल साबुन बनाउने तालिम सम्पन भएको छ । नेपाल जनजाति महासघं नेपालको सभा हलमा सूरु भएको कार्यक्रमको बिनयीत्रीबेनि गाउपालिका ४ नम्बरको वाड अध्यक्ष साहिन श्रेष्ठ ले उद्घाटन गर्नु भएको थियो अस्थाई प्रहरी चौकि सर्दि का प्रहरि ईस्वर मगर, बिनय त्रीबेणि गाउपालिका वडा नम्बर ५ सदस्य माया बैदावार क्षेत्री , बिनय त्रीबेणि गाउपालिका वाड नम्बर ३ सदस्य ,सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि का ,क्षेत्रीय प्रमुख भरत काफ्ले ,सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिका अनुगमन अधिकृत मान प्रसाद फुयाल ले मन्तव्य राख्नुभएको थियो।
संस्थाका शाखा प्रबन्धक गाेबिन्द खड्काका अनुसार बिनय त्रीबेणि गाउँपालिका वडा नं. ४ सर्दि नेपाल जनजाति महासंघको भवनमा भएको तालिममा ६३ जना बढी महिलाको सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक खड्काले बताए ।
तालिममा बिनय त्रीबेणि गाउँपालिका ४ नम्बर वाड अध्यक्ष साहिल श्रेष्ठले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका एरिया प्रमुख श्री मान प्रसाद फुयालले वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको क्षेत्रीय प्रमुख काफलेले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आज आर्जन गर्न सहयोग पुग्ने बताएका छन।संस्थाका कर्मचारि गिता बि.क ले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन सर्दि शाखा प्रमुख गोबिन्द खड्काले गर्नुभएको थियो ।