स्याङ्जा । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय चापाकोट स्याङ्जाले समूहमा आबद्ध सदस्य महिलाका लागि च्याउ खेती सम्बन्धी तालिम दिएको छ ।
संस्थाका शाखा प्रबन्धक सन्तोष पन्तको अनुसार चापाकोट न.पा ०९ बैडी स्थित बैडी मा.बि को भवनमा भएको तालिममा ५६ जनाको उपस्तिथि रहेको थियो । संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक पन्तले बताउनुभएको छ ।
कार्यक्रम संचालन शाखाका शाखा प्रमुख सन्तोष पन्तले गर्नुभएको थियो भने केन्द्र न.७६ मलौटे महिला समुहकि मिना भन्डारिको अध्यक्षतामा र चापाकोट नगर पालिका वडा न. ०९ का वडा अध्यक्ष कृष्ण प्रसाद सुबेदिले तालिमको उद्घाटन गर्नुभएको हो भने स्वागत मन्तब्य तथा कार्यक्रम माथी प्रकाश अनुगमन अधिकृत श्याम दिपक अधिकारी ले गर्नुभएको र शुभकामना मन्तब्य क्षेत्रीय प्रमुख अमित क्षेत्री तथा प्रमुख अतिथिले गर्नु भएको थियो । भने तालिमको प्रशिक्षण प्रशिक्षकद्वय गोबिन्द शर्मा र हुम बहादुर कुमालले गर्नु भएको हो ।
पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको शाखा प्रबन्धक पन्तले बताउनुभएको हो ।