ताहु पाल्पा । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को पाल्पा जिल्ला रम्भा गाउपालिका ५ रहेको ताहु शाखाको आयोजनामा १ दिने कुसन बनाउने कार्यक्रम सोमबार सम्पन भएको छ ।
रम्भा बिद्यालय सभा हलमा सूरु भएको कार्यक्रममा यसै शाखाको समुह नम्बर ३९ कि रोशनि सारु मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सोमबार भएको उक्त कार्यक्रममा रम्भा गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारिको प्रमुख अथित्त्यता रहेको थियो । रम्भा गाउपालिका वडा नं. ५ को अध्यक्ष, खुमाकान्त बस्याल, प्रहरी कार्यालय प्रहरि हबलदार बिनोद सिह , ताहु बजार ब्यवथापन समिति अध्यक्ष राम प्रसाद श्रेष्ठ ,सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.का क्षेत्रीय प्रबन्धक भरत काफ्ले र अनुगमन अधिकृत मान प्रसाद फुईयाल ले मन्तव्य राख्नुभएको थियो। संस्थाका कर्मचारि बिबस परियार ले स्वागत मन्तव्यबाट शूरु भएको कार्यक्रममा आवद्ध ६० जना महिला सदस्यको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन ताहुको शाखा प्रमुख दिवस खाम्चाले गर्नुभएको थियो ।