रुपन्देही । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था सेमरहवा शाखाले समूहका महिलाका लागि तरकारि खेति सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ४५ वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो ।
सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को रुपन्देहि जिल्ला रोहिणि गाउपालिका ४ मा रहेको सेमरहवा शाखाको आयोजनामा १ दिने तरकारी खेति तथा बिउ बितरण कार्यक्रम सम्पन भएको छ । शिव मन्दिर को सभा हलमा सूरु भएको कार्यक्रममा रोहिणि गाउपालिकाका अध्यक्षले उद्घाटन गर्नु भएको थियो भने कार्यक्रममा गाउपालिका समाजसेवी, कान्छा कोहार, इलाका प्रहरी कार्यालय धकधई प्रहरि सहायक निरिक्षक बिरबल कुमाल, रोहिणि गाउपालिका वडा नम्बर ४ सदस्य प्रमिला नाउ ,सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि का अनुगमन अधिकृत मान प्रसाद फुयाल ले मन्तव्य राख्नुभएको थियो।
संस्थाका शाखा प्रबन्धक सुरेन्द्र बिक्रम शाहिका अनुसार रोहिणी गाउँपालिका वडा नं. ४ सेमरहवा शिव मन्दिरको भवनमा भएको तालिममा ४५ जनाबढी महिला को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक शाहिले बताए ।
तालिममा रोहिणि गाउँपालिका अध्यक्ष बिध्या प्रसाद यादबले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका एरिया प्रमुख श्री मान प्रसाद फुयालले वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको एरिया प्रमुख फुयालेले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आज आर्जन गर्न सहयोग पुग्ने बताएका छन् ।
संस्थाका कर्मचारि कुम बहादुर कुमाल ज्युले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन सेमरहवा शाखा प्रमुख सुरेन्द्र बिक्रम शाहिले गर्नुभएको थियो ।