लघुबित्त मिलन केन्द्र वालिङको आयोजनामा कर्मचारी सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वालिङ । कर्मचारी लघुबित्त मिलन केन्द्र वालिङको आयोजनामा कर्मचारी सुरक्षा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाणको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा लघुबित्तको काम, उद्देश्य,महत्त्व,समाज तथा नागरिकको जीवन स्तर परिवर्तन बारे छ्लफल गरिएको थियो । कार्यक्रममा बोल्नु हुँदै वालिङ् नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि कृष्ण खाणले वालिङ नगरपालिकालाई स्मार्ट सिटि बनाउन लघुबित्त सस्थाहरुले बित्तीय क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो । साथै लघुबित्त सस्था र लघुबित्त क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुरक्षा प्रत्याभूति गराउन वालिङ नगरपालिका पुर्ण रुपमा लाग्ने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि माइक्रोफाईनान्स एसोसिएसन का कोषाध्क्ष नरेश श्रेष्ठले नेपालमा रहेका सम्पुर्ण लघुबित्त सस्थाहरुको ग्राहक संख्या, शाखा, ऋणि संख्याको बारेमा जानकारी दिनु हुँदै अहिले लघुबित्तमा धमिलो पानीमा माछा मार्ने काम भइ रहेको बताउनु भयो । अहिले लघुबित्त सस्थामा बचतको ब्याजदर ७.५ प्रतिशत देखि १३ प्रतिशत सम्म दिएको र १४ प्रतिशत देखि १५ प्रतिशत ब्याजदरमा कर्जा लगानी भएता पनि जस्तो सुकै घटनालाई लघुबित्त सङ्ग जोडिने भएको हुँदा धमिलो पानीमा माछा मार्ने संज्ञा दिनु भएको हो ।

कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले बोल्ने क्रममा लघुबित्त मिलन केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम नेपालकै उदाहरणीय साथै स्याङ्जामा पहिलो पटक यस्तो कार्यक्रम भएकोमा खुसी व्यक्त गर्नु भयो । लघुबित्त सस्थाले कर्जा लगानी गर्नु पुर्व कर्जा विश्लेषण तथा बित्तीय शिक्षा कार्यक्रम सन्चालन गरेर मात्र कर्जा लगानी गर्नु पर्ने,वडा कार्यलयलाई किस्ता नतिर्ने सदस्यलाई वर्गीकरण गरि जानकारी गराउने र सदस्यको बस्तु स्थिति हेरि लिएको कर्जालाई तिर्ने बाताबरण सिर्जना गराउने लगायतको विषयमा जोड दिएको थियो ।

त्यस्तै नेपाल टेलिभिजन स्याङ्जाका सम्बाददाता सुशील सुवेदी ले लघुबित्त सस्था बाट कर्जा लिएर वास्तविक जीवन स्तर परिबर्तन भएको ग्राहकहरुको पहिचान गरि त्यसलाई भिडियो बनाई परिवर्तनको उदाहरणको रुपमा आफुले लघुबित्तले गरेको कामको वास्तविकतालाई बहिरा ल्याउने बताउनु भयो । साथै कर्मचारी लघुबित्त मिलन केन्द्रका अध्यक्ष संगीता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख,प्रहरी,वडा अध्यक्ष,पत्रकार तथा विभिन्न १६ सस्थाका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रमान श्रेष्ठ,कार्यक्रमको विषय बस्तुबारे प्रमा गैह्रे ,शाखाको बस्तुगत जानकारी राजु नेपाली,अतिथिको जिज्ञासाको बारेमा अन्जु श्रेष्ठले प्रकाश पर्नु भएको थियो भने कार्यक्रम सन्चालन विपेन याखा ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search