बेलाटारि । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को ( पश्चिम नवलपरासी) जिल्ला प्रतापपुर गाउपालिका ८ मा रहेको बेलाटारि शाखाको आयोजनामा १ दिने कुसन बनाउने कार्यक्रम सम्पन भएको छ । त्रीभुबन क्यामपस बेलाटारीको सभा हलमा सूरु भएको कार्यक्रमको त्रीभुबन क्यामपसको क्यामपस प्रमुखले उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमा प्रतापपुर गाउपालिका वडा नं. ८ को वडा सदस्य जय कुमार बिन, इलाका प्रहरी कार्यालय बेलाटारिको प्रहरि निरिक्षक डि आर ढकाल, सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.का क्षेत्रीय प्रबन्धक भरत काफ्ले र अनुगमन अधिकृत मान प्रसाद फुयाल ले मन्तव्य राख्नुभएको थियो। संस्थाका कर्मचारि उमेस यादबले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा आवद्ध ४२ जना महिला सदस्यको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण बेलाटारिको शाखा प्रमुख बम बहादुर डगौराले गर्नुभएको थियो ।