लमजुङ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न क्षेत्रमा एकै साथ आफ्ना सदस्यहरुलाई तालिमको ब्यबस्था गर्दै आएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई सेवा र सुबिधा साथै उद्यमी बनाउने हितुले विभिन्न शाखाहरु बाट एकै साथ भिन्नभिन्नै किसिमका तालिमको ब्यबस्था गरेको हो ।
राष्ट्रिय स्तर कार्यक्षेत्र भएको सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय करापुटार लमजुङले समूहमा आबद्ध सदस्य महिलाका लागि च्याउ खेती सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने समूहका सदस्यहरु उद्यमी बनाउने उद्देश्यले एक दिने तालिम दिएको हो ।
संस्थाका शाखा प्रबन्धक देबेन्द्र लम्सालको अनुसार मध्यनेपाल न.पा वडा नं. ७ करापुटार स्थित तामाङ सेवा समाज भवनमा भएको तालिममा १०२ जनाको उपस्तिथि रहेको थियो । संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक देबेन्द्र लम्सालले बताउनु भयो ।
तालिमको कार्यक्रम संचालन शाखा कार्यलय करापुटारका शाखा प्रबन्धक देबेन्द्र लम्सालले गर्नुभएको थियो भने केन्द्र न.१०० डडुवा महिला समुहकि सदस्य राज कुमारी गुरुङको अध्यक्षतामा र मध्यनेपाल नगर पालिका वडा न.०७ का वडा सदस्य तेज तामाङले तालिमको उद्घाटन गर्नुभएको हो ।त्यस्तै स्वागत मन्तब्य तथा कार्यक्रम माथी प्रकाश अनुगमन अधिकृत श्याम पोख्रेलले गर्नुभएको थियो। शुभकामना मन्तब्य क्षेत्रीय प्रमुख अमित क्षेत्री तथा प्रमुख अतिथिले गर्नु भएको थियो भने तालिम प्रशिक्षण प्रशिक्षक नारायण प्रसाद पौडेलले गर्नु भएको हो।
पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको शाखा प्रबन्धक लम्सालले बताउनु भयो ।
यसैबीच तालिमका सहभागि सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र सस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणि हरुको आर्थिक स्तर माथी उठ्ने बताउनु भएको छ ।