सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को १ दिने कुसन बनाउने तथा डस्विन बितरण कार्यक्रम सम्पन्न

सुनवल । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को ( पश्चिम नवलपरासी) जिल्ला सुनवल नगरपालिका ४ रहेको सुनवल शाखाको आयोजनामा १ दिने कुसन बनाउने तथा डस्बिन बितरण कार्यक्रम शनिवार सम्पन भएको छ ।

शनिवार यसै संस्थाको सभा हलमा सूरु भएको कार्यक्रमको सुनवल नगरपालिकाका मेयर बिमला अर्यालले उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमा सुनवल नगरपालिका वडा नं. ४ को अध्यक्ष, बाल कृष्ण पंगेनि, इलाका प्रहरी कार्यालय सुनवलका प्रहरि निरिक्षक बिष्णु प्रसाद पौडेल , सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.का क्षेत्रीय प्रबन्धक भरत काफ्ले र अनुगमन अधिकृत मान प्रसाद फुईयाल ले मन्तव्य राख्नुभएको थियो। संस्थाका कर्मचारि प्रबिन कुमार सरदार ले स्वागत मन्तव्यबाट शूरु भएको कार्यक्रममा आवद्ध ४२ जना महिला सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन सुनवलको शाखा प्रमुख सुरज बिस्वकर्माले गर्नुभएको थियो । उक्त कार्यक्रममा सुनवल नगरपालिका र सुनवल नगरपालिका -४ को वडा लाई डस्बिन र ईलाका प्रहरि चौकिलाई सेनेटाईजर र माक्स बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search