स्वाबलम्बन लघुिवत्त वित्तिय संस्थाको १ दिने वित्तिय साक्षरता कार्यत्रम सम्पन्न

देवचुली । स्वाबलम्बन लघुिवत्त वित्तिय संस्था शाखा कार्यालय कावासोतिको आयोजनामा देवचुली नगरपालिका भित्र संचालित केन्द्रहरुको सदस्यहरुको उपस्थितिमा १ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

स्वाबलम्बन लघुिवत्त वित्तिय संस्था शाखा कार्यालय कावासोतिका कार्यालय प्रमुख बाबुराम श्रेष्ठको अधक्ष्यतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी देवचुली नगरपालिका वडा नं. १३ का वडा अधक्ष्य एकदेव पौडेल रहनु भएको थियो । त्यसैगरी अतिथीमा देवचुली नगरपालिका वडा नं.१६ को महिला सदस्य जानुका लामीछाने रहनु भएको थियो ।सो कार्यक्रममा सहभागी सदस्यहरु १२१ जनाको उपस्थित रहेको थियो । प्रमुख अथिती रहनु भएका एकदेव पौडेलले मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको सोभा बढाउनु भएको थियो ।

सो कार्यक्रममा बैक तथा वित्तिय संस्था प्रति भईरहेको नैराश्यता तथा चुनौतिको बारेमा र संस्थाले कार्यक्रमको सुधारात्क कदम चाल्नु पर्ने र हाल देखिएको आर्थिक गतिविधिको बारेमा सुधारात्मक रुपमा जानुपर्ने भन्ने तर्क राख्दै वित्तिय संस्था शाखा कार्यलय प्रमुख बाबुराम श्रेष्ठले बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो । नेपालको ६१ जिल्लाहरुमा छाएको वित्तिय संस्थाले १४५ ओटा शाखा बिस्तार गरेको छ । उक्त वित्तिय संस्थाको कुल सदस्य संख्या दुईलाख त्रीसठ्ठी हजार सत्ताईस (२६३०२७) रहेका छन जसमा ऋणी सदस्य मात्रै एक लाख पैसठ्ठी हजार सरसट्ठि (१६५०६७) रहेका छन। यसै बर्ष उक्त संस्थाले गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका गरि ५ क्षेत्रमा कार्यक्रम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search