दोहा,
“तन, मन, बचन र कर्मले सेवा गरौँ। ” भन्ने उदेश्यका साथ २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको हिजो मिती २४ मार्च शुक्रवारका दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा साधारणसभा शू-सम्पन्न भएको छ ।
१२ औँ साधारणसभाका मुख्य आकर्षक तथा नेपालबाट आउनूभएका मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले मानवता मानवता प्रवर्धन, नेतृत्व क्षमता विकास तथा आमा सेमिनार कार्यक्रम मार्फत सभाकक्षमा उपस्थित दर्शक श्रोताहरूलाई आत्ममुग्ध पर्नुभएको थियो । देशव्यापी रूपमा मानवता प्रवर्धन अभियान चलाईरहेका रामजी अधिकारीले अबको दुइ बर्ष भित्रमा नेपालका सडकमा कोहीपनी मानव बेसहारा बन्न नपर्नेगरी मनव सेवा आश्रमले काम गरिरहेको बताउनु भएको थियो ।
नेपालका विभिन्न १३ जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिसकेका छन् भने केही जिल्लाहरूमा मानव मन्दिरको गुरूयोजना अन्तर्गतको काम भएको जानाकारी दिए।
गोरखा सेवा समाज कतारका ११औँ कार्यकालका अध्यक्ष रामजी खत्रीको नेतृत्वमा रहेकाे टिमले गोरखा जिल्लाको पोखरीथोकमा रहेको निर्माणाधीन बाल मन्दिर सम्पन्न गर्नका निमित्त नेरू ५१११११/- पाँच लाख एघार हजार एक सय एघार रूपयाँको चेक हस्तान्तरण गरेको छ।
समाजको १२औँ साधारणसभामा ११औँ कार्यकालको कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका बरिष्ठ उपाध्यक्ष ओम गुरूङले झण्डै ३८ हजार कतारी रियाल समाज हितमा पुण्यदान गरेको बताए भने महासचिव विकास श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा दोहामा रहेका विभिन्न वैचारिक संगठन, सामाजिक संस्थाहरूको बाक्लो उपस्थित रहेका थियो ।
१२ औँ साधरणसभाले ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ।
नव गठित कार्यसमिति विवरण-
अध्यक्ष- ओमराज गुरुङ
वरिष्ठ उपाध्यक्ष- विमल न्यौपाने
उपाध्यक्ष- विकास श्रेष्ठ
उपाध्यक्ष- सुजन धिताल
महासचिव – अर्जुन सङ्ग्रौला
सचिव- रुद्र भट्ट
कोषाध्यक्ष – राजेन्द्र पराजुली
गोरखा नगरपालिका संयोजक- उत्तम श्रेष्ठ
पालुङटार नगरपालिका संयोजक-अशोक श्रेष्ठ
सिराञ्चोक गॉउपालीका संयोजक- सूर्य बहादुर गुरुङ
अजिरकोट गॉउपालीका संयोजक- रविन गुरुङ
आरुघाट गॉउपालीका संयोजक- चन्द्र नेपाली
सदस्यहरू क्रमशः दिनेश थापा, चित्र बहादुर थापा, इन्द्र बहादुर नेपाली रहेका छन ।