सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को २ दिने वित्तिय साक्षरता कार्यक्रम संचालनमा

हुप्सेकोट । पुर्वी नवलपरासी सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को हुप्सेकोट गाऊ पालिका २ रहेको गिरुवारी शाखाको आयोजनामा २ दिने वित्तिय साक्षरता तथा डल बनाउने कार्यक्रम आज बाट शुरु भएको छ ।

विहीवार सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको सभा हलमा सूरु भएको कार्यक्रमको हुप्सेकोट गाऊ पालिकाका उपाध्यक्ष पूर्ण सिंह राना मगरले उद्घाटन गर्नु भएको थियो।त्यस्तै उक्त कार्यक्रममा हुप्सेकोट गाऊ पालिका वडा नं. २ वडा अध्यक्ष, सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्राध्यापक रमेश पराजुली , सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.का क्षेत्रीय प्रबन्धक कुमार घिमिरेले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अनुगमन अधिकृत रमेश के.सीको स्वागत मन्तव्यबाट शूरु भएको कार्यक्रममा आवद्ध ४८ जना महिला सदस्यको सहभागिता रहेको छ ।

कार्यक्रमको संचालन गिरुवारी शाखाकी शाखा प्रमुख ओमकुमारी महतोले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search