मौलिक रत्यौली गित “च्याप्प पर्वते माया” चर्चामा (भिडियो सहित)

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपालि गित संगीतका भिडियोहरु दैनिक भर्चुअल माध्यमबाट सांगीतिक बजारमा आइ रहेका छन । कतिले लगानी उठाउछन भने कतिले पानि पनि भन्न नपाइ डुब्छन । पछिल्लो समय अडियोलाइ बिभिन्न प्लाटफर्ममा बिक्रि गरि राम्रो आम्दानि हुन थालेपछि केही गीतले लगानी सुरक्षित गर्ने गरेका छन । सामाजिक संजाल टिकटकमा निकै चर्चा पाएको मौलिक रत्यौली गित “च्याप्प पर्वते माया” युट्युब प्लाटफर्म मा सार्वजनिक भएको छ ।

मौलिक रत्यौली नामाकरण गरिएको गीतको भिडीयोमा मौलिकपन झल्किन्छ। रत्यौलीलाइ आधुनिकीकरण गर्दै मौलिकता मासेर ब्यबसायिकता मा लगिरहेको बेला पर्वते मायाले मौलिकपनमा इँटा थपेको छ । गण्डक क्षेत्रमा प्रचलित पुराना भाकालाई प्रबेश पौडेलले संकलन गर्दै आवाज दिएका छन भने उनलाई स्वरमा अर्का गायक श्याम क्षेत्रीले साथ् दिएका छन । महिला गायिकाका रुपमा टिका सानुले आवाज भरेकी छिन भने दिपक अधिकारीले सब्द कोरेका हुन ।

रत्यौलीको मर्म मर्न नदिन चर्चित मोडेल स्मारिका ढकाललाइ भिडियोमा लुठो बनाएर फिचर गरिएको छ । भिडियोम दुर्गेस थापा, रबिना भण्डारी, अर्जुन सापकोटा अहित गायिका सानु समेतको अभिनय तथा नृत्य हेर्न सकिन्छ । कोरियोग्राफर तथा निर्देशक प्रबीन थापाले भिडियोलाई हास्य शैलीमा मौलिकपन सहित आकर्षक बनाउन कुनै कन्जुसाई गरेका छैनन । तिलु शर्मा पौडेलले निर्माण गरेको गीतलाई बाबा इन्टरटेन्मेन्ट टिभी युटुयुब च्यानलबाट मंगलबारदेखि बजारमा सार्बजनिक गरिएको हो । राम केसीले खिचेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् भने याम थापा मगरले संगीत सयोजन गरेका हुन् । उक्त सार्वजानिक गीतले २ दिनमा २ लाख बढी दर्शकको साथ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...