सुश्रव्य साहित्य समुहले आयोजना गर्‍यो खुल्ला कविता प्रतियोगिता

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन । सुश्रव्य साहित्य समुहले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा सबैखाले ब्यक्तिले भाग लिन पाउनेछन । “साहित्यका अक्षर हुनेछन् अब भव्य, सिक्ने सिकाउने चाैतारी हाे सुश्रव्य ” भन्ने मुल नाराका साथ सुश्रव्य साहित्य समुहले कार्यक्रम आयोजना गरेको हो। सुश्रव्य साहित्य समुहको आयाेजनामा संञ्चालन भएकाे कविता लेखन तथा वाचन प्रतियाेगिताका लागि जुन सुकै विषय वस्तु /शीर्षकमा लेख्न सकिने कार्यक्रम संयोजक बिजय घिमिरे ( बिफल ) ले जानकारी गराउनु भयो ।

कविता प्रतियोगिताको लागि साहित्य समुहले १२ फरक फरक नियम कायम गरेको छ, जसले उक्त कार्यक्रममा सहभागिता जनाउनेछन ति १२ बुँदाका नियमहरुलाई पालना गर्नु पर्ने साहित्य समुहका कार्यकारी सदस्य कुशल कंडेलले बताउनु भयो । तपाईहरुले सहभागिता जनाउनका लागि कविता २०७९ फाल्गुन ३० गते भित्र पठाईसक्नु पेर्नेछ ।

सहभागिता रहने ब्यक्तिहरुले पालनागर्नुपर्ने नियमहरु यसप्रकार उल्लेख गरिएको छ ।

१) कविको रचनाले शीर्षकको मर्म / भाव बोकेको हुनुपर्ने छ ।

२) कविता मौलिक रचना हुनु पर्ने छ । कहिँ कतैबाट साभार गरिएको भेटिएमा प्रतियोगिताबाट हटाईने छ / प्रतियाेगी आफै जवाफदेही हुनु पर्ने छ ।

३) कविताले कुनै पनि धर्म, संस्कृती, जातजाती, व्यक्ति विशेषलाई आँच आउने हुनुहुँदैन।

४) कविता बढीमा २५० शब्दको प्रेसित गर्नु पर्ने छ र वाचन ५ मिनेटमा सक्काउनु पर्ने छ।

५) कविता नेपाली भाषामा शुद्ध हुनुपर्ने छ ।

६) आफ्नो रचना लिखित सहित भिडियो मार्फत पठाउनु पर्ने छ, प्राप्त रचना (भिडियाे) फेसबुक पेजमा प्रसारण गर्ने छौ ।

७) लिखित कविताको भिडियो साथै लिखित कपि सुश्रव्य साहित्य समूहकाे ई-मेलमा पठाउनु पर्ने छ ।

८) कविता ई-मेलमा पठाउदा कविको नाम , ठेगाना ,सम्पर्क नम्बर परिचय खुल्ने गरी पठाउनु पर्ने छ ।

९) उत्कृष्ट रचना मध्यको सर्बोत्कृट ३ कविलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिनेछ । र सहभागी सबैलाई डिजिटल प्रसंशा पत्र प्रदान गरिनेछ।

१०) प्रतियोगितामा निर्णायक र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

११) कविता कुनै कार्यक्रम वा सामाजिक सञ्जालमा प्रसारण /छपाई तथा वाचन नगरेकाे हुनुपर्ने छ।

१२) कविताकाे लाईक, कमेन्ट र सेयरकाे आधार ३०% र निर्णायककाे ७०% रहने छ।

(नोट: खुल्ला कविता प्रतियोगिता भएको हुनाले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगितामा भाग लिन पाउनुहुने छ ।)

कविता पठाउने अन्तिम मिति : २०७९-११-३०
Whatsapp Number : ९८०३९९३५०६
इमेल : [email protected]

सुश्रव्य साहित्य समूह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...