ऋण तिर्न नसकेको भन्दै फेरि अर्का व्यवसायीले पनि गरे आ’त्महत्या

फेरी एक व्यवसायीले विराटनगरमा व्यवसाय संचालन गर्दाको ऋण तिर्न नसकेपछि आ;त्मह’त्या गरेका छन् । आ’त्मह’त्या गर्नेमा मोरङको विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपाने रहेका छन् । उनले बुधबार आफ्नै घरमा झु’ण्डिएर आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार उनलाई आफन्तले बाथरुममा झु’ण्डिएको अवस्थामा मृ’त फेला पारेका हुन् । व्यवसाय गर्दा लागेको ऋणका कारण आ’त्मह’त्या गरेको सु’साइड नोटमा उल्लेख छ । बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसा’इट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।

सु’साइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् । उनले आ’त्मह’त्याको निर्णयअघि एक सु’साइट नोट पनि लेखेका छन् । विराटनगरकै शनी रोडमा शिखर इलेक्ट्रिक पसलका सञ्चालक उनी मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत हुन् । उनले आ’त्मह’त्या अघि लेखेको सुसाइट नोटमा मुख्यत बैंक र सहकारीको ऋणको अर्थिक भार तिर्न नसकेको उल्लेख गरेका छन् ।

न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको खुलेको छ ।

उक्त ऋणको बैंक किस्ता ५ लाख गरी १ करोड ५० लाख, अर्को एक सहकारीमा १० लाख ऋण रहेको उल्लेख छ । उक्त शिखर शिखर इलेक्ट्रिक पशल बुबाको नाममा रहेकाले बुबाको नाममा रहेको मुद्धति खातामा रहेको रकम निकालेर अन्तै सार्न सुझाव पनि उक्त नोटमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search